Newslaya Home

​यूएईमा १ सय ५० जना नेपाली अलपत्र

बिहीबार २६, पुष २०७५

काठमाडौं । यूएईको आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र परेका छन् । 

आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनी सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेपछि उनीहरु अलपत्र परेका हुन् । 

कम्पनीको व्यवस्थापकका लापरबाहीका कारण कम्पनीका झन्डै ७ सय जना कामदार अलपत्र परेका छन् । तीमध्ये डेढ सयजना नेपाली छन् ।

कम्पनीमा कार्यरत नेपालसहित भारत, बाङ्लादेश, पाकिस्तान श्रीलंकालगायत देशका झन्डै ७ सय जना कामदार अहिले समस्यामा परेका हुन् । 

कम्पनीमा १८ महिनादेखि झन्डै ५ वर्षसम्म काम गरेका उनीहरुमध्ये धेरैले गएको ९ महिनादेखि तलब पाएका छैनन् ।

९ महिनादेखि तलब नपाएका २५ जनाले आबुधावीको श्रम अदालतमा मुद्दा दर्ता गरेका छन् । तीमध्ये ३ जनाले पासपोर्ट पाए पनि भिसा सकिएर (ओभर स्टे) बसेबापतको जरिवाना तिर्न नसक्दा नेपाल फर्किन पाएका छैनन् ।