Newslaya Home

इटहरी उपमहानगरले चार्डपर्व पछि पनि बजार अनुगमनलाई तिब्रता दियो

बुधबार २५, पुष २०७५

इटहरी । बजार अनुगमन प्राय चाडपर्वको बेला मात्रै हुने गर्दछ । चाडपर्व सकिएपछि पनि अनुगमन भएको भेटाउनलाई निकै मुस्किल पनि होला । तर इटहरी उपमहानगरले चाडवाड पछि पनि बजार अनुगमनलाई तिब्रता दिएको छ ।

बुधरबार इटहरी उपमहानगरले इटहरी २० तरहरा बजार अनुगमन अन्तर्गत तरहरा बजारका ४ वटा होटल,२ डिर्पाटमेन्ट स्टोर र १ सपिड कम्प्लेक्स लगायतका बजारहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसल र होटलमा म्याद नाघेका चिसो पेय पदार्थ फेन्टा र स्प्राइट बेच्न राखेको पाइएको उद्योग पर्यटन उपभोक्ता हित संरक्षण शाखा प्रमुख विजय मगरले बताएका छन् । 

यसका साथै उत्पादन मिति,उपभोग्य मिति,उत्पादकको नाम ठेगाना,ब्याच नम्बर लगायत लेवल नटासेका उपभोग्य समान पनि पाइएको छ । अनुगमन टोलीले त्यस्त म्याद नाघेका केहि चिसो पेय पदार्थलाई नष्ट पनि गरेको छ । पहिलो पटक भएकाले सचेत गराइएको पून त्यस्तो पाइए कानुन बमोजिम अघि वढने अनुगमन टोली प्रमुख मगरले बताएका छन् । 

होटलको सरसफाइ भने राम्रो पाइएको छ । अनुगमन टोलीमा उपमहानगर,खाद्य तथा गुण नियन्त्रण कार्यालयका खादय नीरिक्षक,वडाध्यक्ष,उद्योग वाणिज्य संघ तरहराका अध्यक्ष,उपभोक्ता मंच नेपालका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो । इटहरीमा बजार अनुगमनलाई निरन्तरता दिइने अनुगमन टोली प्रमुख विजय मगरले जानकारी दिए ।