​मनमोहन कपः प्रदेश नं. ६ को लज्जास्पद हार, आर्मी सेमिफाइनलमा

Newslaya Home

​मनमोहन कपः प्रदेश नं. ६ को लज्जास्पद हार, आर्मी सेमिफाइनलमा

बुधबार २५, पुष २०७५

इनरुवा । इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत भएको बुधबारको खेलमा  त्रिभुवन आर्मी क्लब विजयी भएको छ । 

आज इनरुवा खेल मैदानमा सम्पन्न उक्त प्रतियोगितामा आर्मीले प्रदेश नम्वर ६ लाई २ सय ४९ रनले पराजित गरेको छ । जितसँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा पवेश गरेको छ । 

टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । 

आर्मीका लागि विनोद भण्डारीले १ सय ३ रन र भीम सार्कीले सर्वाधिक ९६ रन बनाएका थिए । 

उता जवाफी ब्याटिङ मा उत्रिएको प्रदेश नं. ६ ले  २५ दशमलव ५ ओभर खेल्दै सबै विकेटको क्षतिमा ६५ रन मात्र जोडन सफल भयो । 
पदेश नं. ६ का लागि निश्चल महतले सर्वाधिक २७ रन बनाएका थिए भने अन्य ६ जना ब्याट्सम्यानहरु शुन्य रनमै आउट भएका थिए । 


आजको खेलको म्यान अफ द म्याच आर्मीका विनोद भण्डारी घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल प्रदेश ३ र प्रदेश ६ बीच हुने छ ।