​अमेरिकामा काठमाडौंका एक नेपाली पक्राउ

Newslaya Home

​अमेरिकामा काठमाडौंका एक नेपाली पक्राउ

बुधबार २५, पुष २०७५

अमेरिका । अमेरिकामा एक नेपाली विद्यार्थी पक्राउ परेका छन् । 

चक्कु बोकेर लखेटेको अभियोगमा अल्बामा राज्यको लाइमस्टोन काउन्टीको ब्राउन्सफेरी रोड एथेन्सस्थित बी एण्ड के ग्रोसरी पसलमा काम गर्दै आएका काठमाडौंका शुसील खतिवडा पक्राउ परेका हुन् ।

उनलाई स्टोरमा आएका युवा युवतीलाई चक्कु देखाएर लखेट्ने गरेको अभियोगमा पक्राउ गरिएको बताइएको छ । हाल प्रहरीथानामा रहेका खतिवडामाथि छानविन सुरु भएको छ ।