मोबाइल समेत सफा गर्ने चार्जर ल्याउँदै लेक्सन

Newslaya Home

मोबाइल समेत सफा गर्ने चार्जर ल्याउँदै लेक्सन

बुधबार २५, पुष २०७५

काठमाडौं । मोबाइल चलाउँदा मोबाइलमा नजानिदो तरिकाले धुलो, फोहोर पर्न सक्छ । मोबाइलको विभिन्न भागमा अड्किएको यस्ता धुलो तथा अन्य फोहोरले मोबाइल चाहे अनुसारको गतिमा चल्न सक्दैन । जसकारण मोबाइल ह्याङ हुने जस्ता समस्या उत्पन्न हुन्छ । 

यस्तोमा लेक्सन कम्पनीले मोबाइल सफाइ पनि गर्नसक्ने ‘स्मार्ट चार्जर’ ल्याउने भएको छ ।

‘सीईएस–२०१९’ को पूर्वसन्ध्यामा कम्पनीले यो उत्पादन सार्वजनिक गरेको हो । यो उत्पादनले बैजनी अल्ट्राभ्वायोलेट किरणको माध्यमबाट बाहिरबाट फोनको सफाइ गर्नसक्छ ।