Newslaya Home

डिभोर्सपछि प्रेमीकासँग बिवाह गर्दै फरहान

बुधबार २५, पुष २०७५

काठमाडौं । बलिउड स्टार फरहान अख्तरले डिभोर्सपछि प्रेमिका शिवानी दांडेकरसँग यसै वर्ष विवाह गर्ने भएका छन् ।

भारतीय खबर अनुसार दुबैले यसवर्षको मार्च वा अप्रिलमा विवाह गर्नेछन् । दुबैले गोप्य रुपमा इन्गेजमेन्टसमेत गरिरसकेका स्रोतले जनाएको छ । 

फरहान अख्तरका नजिकका आफन्तले यी दुई आफ्नो सम्बन्धबारे निकै गम्भीर भएको र फरहानका छोरीहरु पनि शिवानीसँग निकै घुलमिल भइसकेको जानकारी दिएका छन् ।

यो फरहानको दोस्रो विवाह हो । उनले अधुना बभानीसँगको १६ वर्षे लामो वैवाहिक सम्बन्ध तोडेका थिए ।

फरहानमात्रै होइनन्, उनकी श्रीमती अधुनाले पनि आफ्नो ५० औं वर्षगाँठमा एउटा कविता लेखेर आफ्ना नयाँ प्रेमीबारे जानकारी दिएकी थिइन् ।