किन गए अनमोल अमेरिका ?

Newslaya Home

किन गए अनमोल अमेरिका ?

बुधबार २५, पुष २०७५

काठमाडौं । अभिनेता अनमोल केसी अमेरिका गएका छन् । फिल्म ‘ए मेरो हजुर ३’को एक गीत छायाँकनका लागि मंगलबार मध्यराती उनी अमेरिका गएका हुन् । 

‘ए मेरो हजुर ३’को गीतमा अनमोल र सुहाना थापाको अभिनय रहनेछ । सुहाना केही दिन पहिले नै अमेरिका पुगिसकेकी छन् । 

झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाकै मुख्य भुमिका रहेको छ । सुहानाले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

फिल्ममा अनमोल गायक र सुहाना एक फ्यानको भूमिकामा देखिदैछन् । २९ चैतबाट फिल्म प्रदर्शनमा आउँने बताइएको छ ।