Newslaya Home

​ निर्माण भएको १५ दिन नबित्दै कलभर्ट भत्किएपछि,स्थनियहरु आक्रोशित

बुधबार २५, पुष २०७५

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वाड नम्बर ६ मा निर्माण भएको १५ दिन नबित्दै एक कलभर्ट भत्किएको छ ।
७६ करोडको लागतमा निर्माण भईरहेको कान्छि चौक नडाहा सडक खण्ड अन्तरर्गत पर्ने कलभर्ट निर्माण भएको १५ दिन नबित्दै भत्किएको हो । 

साविकको बक्लौरी गाविस वाड नम्बर ५ स्थित इचौलमा निर्माण भएको कलभर्ट १५ दिन नबित्दै भत्किएपछि स्थनियहरु आक्रोशित भएका छन् ।

साबिकको कलभर्टबाट बर्खाको समयमा पानी कट्न मुस्किल भएको भन्दाभन्दै पनि निर्माण जिम्मा लिएको दिवा कम्पनीले अटेरी मान्दै अझै सानो बनाएको स्थानीय विना कर्कीले बताइन् ।
करिब २५ लाखको लागतमा निर्माण भएको उक्त कलभर्टबाट सवारी साधनहरु नगुडाई भत्किनु निर्माण कम्पनीको लापवाही भएको सवारी चालकहरु बताउँछन् ।

यस विषयमा हामीले बुझ्न हामिले पटक पटक निर्माण कम्पनीका दुई जना कर्मचारीलाई फोन गर्दा फोन रिसिभ नभएको र हाल उक्क्त कलभर्टको पुन निर्माण थालिएको बुझिएको छ । 
सुमन भट्टराई