Newslaya Home

झापामा भएको आगलागीबाट १२ लाख बरारबको क्षति

बुधबार २५, पुष २०७५

झापा । झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ । 

मंगलबार साँझ झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट घरमा रहेको अन्न, लत्ताकपडा तथा नगद रु २० हजार जलेर नष्ट भएको छ ।

त्यस्तै, मेचीनगर–४ का राजकुमार माझीको घरमा आगलागी भएको छ । आगलागी बाट नौ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरमा रहेको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।