​झापामा झगडा मिलाउन न्यायिक समिति पुगेका दुई पक्षबीच कुटाकुट

Newslaya Home

​झापामा झगडा मिलाउन न्यायिक समिति पुगेका दुई पक्षबीच कुटाकुट

बुधबार २५, पुष २०७५

बिर्तामोड । झापाको मेचीनगर नगरपालिकाको न्यायिक समितिमा छलफल भइरहेका बेला दुई पक्षबीच कुटाकुट भएको छ । 

अरुणोदय मावि र स्थानीय तोयानाथ चेपाङको जमिनको विवाद मिलाउने क्रममा मंगलबार दिउँसो कुटाकुट भएको हो । 

तोयानाथको पक्षमा छलफलमा सहभागी नयाँ शक्ति पार्टीका झापा अध्यक्ष वीरबहादुर श्रेष्ठलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुमन थापाले हेल्मेट प्रहार गरेपछि झडप सुरु भएको हो । हेल्मेट प्रहारबाट श्रेष्ठको टाउकोमा चोट लागेको र मुखबाट रगत निस्किएको बताइएको छ ।

झडपमा स्थानीय ज्योति तामाङ समेत घाइते भएकी छन् । समितिको बैठकमा छलफल चलिरहँदा बाहिर उपस्थित दुई पक्षबीच झडप भएको उपमेयर मीना उप्रेतीले बताएकी छन् ।