Newslaya Home

​अफ्रिकन वर्ष खेलाडीको उपाधि लिभरपुलका स्ट्राइकर सलाहलाई

बुधबार २५, पुष २०७५

काठमाडौं । लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले अफ्रिकन वर्ष खेलाडीको उपाधि हात पारेका छन् । सलाहले आफ्नै क्लबका साडियो माने र आर्सनलका स्ट्राइकर पिएरी इमिरेकलाई पछि पार्दै लगातार दोस्रो पटक यो अवार्ड जित्न सफल भएका हुन् ।

सन् २०१८ मा अन्तराष्ट्रिय फुटबलका साथै देशका लागि पुर्याएको योगदानका आधारमा सलाहले यो अवार्ड लगातार दोस्रो पटक पाएका हुन् । सेनेगलमा आयोजना भएको विशेष समारोहमा सलाहले २०१७ र १८ को सिजनमा लिभरपुलका लागि ४८ गोल गरेका थिए । 

यस्तै रसिया विश्वकपमा देशले खराब प्रदर्शन गरे पनि उनले दुई गोल गरेका थिए । सुरुवाती खेलमा चोटका कारण बेन्चमा बसेका सलाहले यो सिजनपनि २९ खेलमा १६ गोल गरेका छन । उपाधिसँगै सलाह वर्षको उत्कृष्ट टिम अफ दी इयरमा पनि परेका छन । 

महिला तर्फ दक्षिण अफ्रिकाकी थेम्बी गाट्लानाले यो अवार्ड हात पारिन् ।