​सिरियामा विद्रोही लडाकूबीचको भिडन्त, ३२ जनाको मृत्यु

Newslaya Home

​सिरियामा विद्रोही लडाकूबीचको भिडन्त, ३२ जनाको मृत्यु

बुधबार २५, पुष २०७५

काठमाडौं । सिरियामा विद्रोही र लडाकूबीचको भिडन्त हुँदा ३२ जनाको मृत्यु भएको छ । 

कुर्दिस आवद्ध लडाकूमाथि आईएस लडाकूहरुले गरेको भीषण आक्रमणमा परी अमेरिकी सहयोगमा रहेका सिरियाली लडाकू समूहका ३२ जना लडाकूको मृत्यु भएको हो ।

सिरियन डेमोक्रेटिक फोर्सेस (एनडीएफ) का ती ३२ जना लडाकू अमेरिकी सरकारको सहयोगमा संघर्षरत रहेका छन् । 

सिरियाको युफारेट्स उपत्यकामा कमजोर मौसमको फाइदा उठाउँदै जिहादीहरुले हमला गरेको समाचारमा जनाइएको छ । आइतबार अपराह्न भएको सो हमलाका क्रममा अरू पनि कैयौँ लडाकू घाइते भएको अधिकारीहरुले बताएका छन् ।

सोमबार बिहानसम्म ३२ जनाको शव भेटिएको र अरू कैयौँ घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुले जहिले पनि जिहादीहरुले यस्तै खराब मौसमको समय पारेर हमला गर्ने गरेको बताएका छन् ।

सिरियामा कुर्दिस अरब गठबन्धनले करीब १७ हजार लडाकू तैनाथ गरिरहेका बताइएको छ । तिनीहरु प्रायः सबै सैनिक पृष्ठभूमिका मानिस रहेका र उनीहरुसँग पनि अत्याधुनिक हतियार रहेको छ ।

उनीहरु हालको सिरियाली सरकारका विरुद्धमा लड्ने गर्दछन् । ती लडाकूका विरुद्धमा आईएस जिहादीहरुले पनि खतरनाक रुपमा हमला गर्ने गरेका छन् ।