Newslaya Home

​मनमोहन कप: आर्मीद्वारा प्रदेश ३ एक सय १८ रनले पराजित

मङ्गलबार २४, पुष २०७५

इनरुवा । मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत मंगलबार भएको ग्रुप ‘बी’ को पहिलो खेलमा नेपाल आर्मी बिजयी भएको छ । 

इनरुवा खेल मैदानमा समपन्न खेलमा आर्मीले प्रदेश नम्वर ३ लाई १ सय १८ रनले पराजित गरेको हो । 
टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित  ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो ।

आर्मीकालागि रोहित पाण्डेले नट आउट ८० रनको पारी खेलेका थिए । त्यस्तै आर्मीकालागि भीम सार्कीले टिमकालागि ७१ रनर बिनोद भण्डारीले ४८ रनको सर्वाधिक योगदान दिएका थिए । 

उता जवाफी ब्याटिङमा उत्रेको प्रदेश ३ ले ३६ दशमलव २ ओभरम सबै विकेटको क्षतिमा १ सय ७० रन मात्र जोडन सफल भयो । 

प्रदेश ३ का लागि इशान पाण्डेले ७५ रन, आदिल खानले ३२ रन, जितेन्द्र ठकुरीले १५ र सोनु तामाङले १५ रन बनाएका थिए । 

आजको खेलको म्यान अफ द म्याच आर्मीका रोहित पाण्डे घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल आर्मी र प्रदेश नम्वर ६ बीच हुने छ ।