Newslaya Home

विराटनगरमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

मङ्गलबार २४, पुष २०७५

विराटनगर । मंगलबार देखि विराटनगरमा राष्ट्रपति कप जुनियर अन्र्राष्ट्रिय ब्याडमिन्टन प्रयिोगिता सुरु भएको छ । 

मोरङ जिल्ला ब्यामिन्टन संघको आयोजनामा भएको प्रतियोगितको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले गरेका थिए । खेल उद्घाटनमा बोल्दै सचिव बिष्टले देशलाई समुन्नत र अनुशासित बनाउन खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । 

विराटनगरस्थित शहीद रंगशालाको कवर्ड हलमा सुरु भएको  प्रतियोगितामा नेपालसहित मलेशिया, भारत, वङ्गलादेश र म्यानमार लगायत राष्ट्रका  अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहेको छ । 

प्रतियोगितामा १५ वर्ष मुनिका पुरुष एकल, महिला एकल, १९ वर्ष मुनिका पुरुष एकल,  महिला एकल, १९ वर्ष मुनिका पुरुष डवल, महिला डवलका इभेन्ट्का खेलहरु हुने आयोजकले जनाएको छ । 

प्रतियागितामा प्रथम हुने खेलाडीले २ सय डलर, दोस्रो हुनेले १ सय डलर र तेस्रो हुनेले ५० डलरका साथै ट्रफि हातपार्ने संघका जिल्ला अध्यक्ष कौरव वस्नेतले जानकारी दिनुभयो । नेपालमै पहिलो पटक हुन लागेको प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहेको छ ।