​नायिका बेनिशा हमाल ‘घर’मा अनुवन्धित

Newslaya Home

​नायिका बेनिशा हमाल ‘घर’मा अनुवन्धित

मङ्गलबार २४, पुष २०७५

काठमाडौं । नायिका बेनिशा हमाल निर्देशक दिपेन्द्र के खनालको नयाँ चलचित्र ‘घर’मा अनुवन्धित भएकी छिन् । दिपेन्द्रले निर्माण गर्न लागेको ‘घर’मा हमाल मुख्य नायिकाको रुपमा अनुवन्धित भएकी हुन् ।

यो चलचित्रलाई अर्पण थापाले निर्देशन गर्दैछन् । चलचित्रमा नायिका सुरक्षा पन्तले पनि काम गर्ने पक्का भइसकेको छ । चलचित्रमा अब अर्पण थापा, सुरक्षा पन्त र बेनिशा हमाल मुख्य भूमिकामा देखिनेछन् । 

शर्मिला पाण्डेको लगानीमा बन्न लागेको चलचित्रलाई हरर कथामा निर्माण गर्ने बताइएको छ । चलचित्र माघको अन्तिम साताबाट छायांकनमा जानेछ ।

बेनिशाले नयाँ चलचित्र ‘टुल्की’मा समेत काम गर्ने पक्का भैसकेको जनाइएको छ ।