Newslaya Home

​कानमा एयरफोन लगाइरहने बानी छ ? आजैबाट हटाउँनुस्, यस्ता छन् बेफाइदा

मङ्गलबार २४, पुष २०७५

लामो यात्रामा होस् या अन्य काम गर्दा आजकाल युवादेखी बुढासम्मले एयरफोन लगाउने प्रचलन छ । गीत सुन्न वा अन्य सहजताका लागि लगाइने एयरफोनले कतिपय अवस्थामा समस्या पनि निम्त्याउन सक्छ । 

पकेटमा संगितको आइप्याड कानमा एयरफोन यो एक फेसन जस्तै बनेको छ । संगीतको आनन्दमा झुम्न वा आफ्नो व्यक्तिगत फाइदाका लागि गरिने आनन्द जीवनभरका लागि सजाय बन्नसक्छ भन्ने कुरामा भने कसैले पनि ख्याल गरेको देखिदैन । 

एयरफोनको आवाजले बहिरोपन निम्त्याउन सक्ने अनुसन्धानकर्ता बताउँछन् । ठूलो आवाजका साथ एयरफोन सुन्दा कानको पर्दामा नकारात्मक असर पर्नसक्ने उनीहरुको भनाई छ ।

अनुसन्धानकर्ताका अनुसार अमेरिकामा किशोरमा बहिरोपनको समस्या बढी छ । २००५–०६ मा करिब बाइस प्रतिशत किशोर र सत्र प्रतिशत किशोरीमा बहिरोपनको समस्या बढेको छ ।

त्यसैले कानको हेरविचार गर्न जरुरी छ । कानलाई स्वस्थ राख्न शरीरका अन्य अंगजस्तै हेरविचार गर्नुपर्छ । चाबी या फलामले कान कोट्याउनु हुँदैन । कानमा बढी समस्या भयो इन्फेक्सन भयो भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ ।

यस्तै, ठूलो स्वरमा गीत बजाउनु र एयरफोनमा ठूलो आवाजमा गीत सुन्नु हुँदैन ।