Newslaya Home

यस्तो ठाउँ जहाँ पुरुषले दोस्रो विवाह गर्नैपर्छ, श्रीमतीले रोके जन्मकैद !

मङ्गलबार २४, पुष २०७५

अफ्रिकी देश इरिट्रियामा हरेक पुरुषले दुई वटा विवाह गर्नेपर्ने नियम छ । सो स्थानका पुरुषहरु नचाहदा नचाहदै पनि दुई वटा विवाह गर्न बाध्य छन् । 

यदि कुनै पुरुषले दुईवटा श्रीमती नराखे उनीहरुविरुद्ध कडा कारवाही हुनसक्छ जसअनुसार उनीहरु जेलसमेत जानुपर्ने हुन्छ ।

किन बनाइयो त, यस्तो अचम्मको कानून ? तपाईँलाई अनौठो लागिरहेको होला हैन ? इरिट्रियामा महिलाको संख्याको तुलनामा पुरुषको संख्या सबैभन्दा कम छ । यसको मुख्य कारण सन् १९९८ देखि २००० को बीचमा इथियोपियामा भएको युद्ध हो । उक्त युद्धमा एक लाख ५० हजार सैनिकको मृत्यु भएको थियो ।

इरिट्रियाको सरकारले दोस्रो विवाहको सम्पूर्ण खर्च व्यवहोर्ने सहमती पनि गरेको छ ।

पुरुषले दुई विवाह गर्नुपर्ने कानूनका साथै महिलाका लागि पनि एउटा कडा कानून बनाइएको छ । उक्त कानून अनुसार यदि कुनै महिलाले आफ्नो श्रीमान्को दोस्रो विवाहमा कुनै रोकटोक वा समस्या पैदा गर्ने कोसिस गरिन् भने उनलाई पनि जन्मकैदको सजाय हुन्छ ।