​दुई करोड बढी रकमसहित मालपोतका लेखा अधिकृत फरार

Newslaya Home

​दुई करोड बढी रकमसहित मालपोतका लेखा अधिकृत फरार

मङ्गलबार २४, पुष २०७५

काठमाडौं । मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत एक करोड ७३ लाख रुपैयाँ लिएर फरार भएका छन्।  तीन वर्षयता लेखा अधिकृतका रुपमा कार्यरत रिठ्ठे दर्जी मंसिर २५ गतेदेखि सम्पर्कविहिन रहेका जनाइएको छ। 

प्रमुख मालपोत अधिकृत लालकृष्ण पौडेलकाअनुसार आन्तरिक लेखापरीक्षणमा रकम बेरुजु देखिएको छ। मंसिर ६ गते आन्तरिक लेखा परीक्षणको कार्यालयले रकम दाखिलाको पत्र पठाएको थियो । त्यही दिन मालपोतले दर्जीको नाममा एक हप्ताभित्र रहम दाखिला गर्न भन्दै पत्र काटेको थियो। 

दर्जीले गत मंसिर २४ गते मात्रै कार्यालमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुनअनुसार कारवाही भोग्न तयार रहेको भन्दै सनाखत गरेको पौडेलले जनाकारी दिए ।

उनका अनुसार उक्त सनाखत पत्रमा दर्जीले अन्य कुनैको संलग्नता नरहेको र होसहवासमै आफैले खर्च गरेको समेत स्पष्ट पारेका छन्। तर, गत मंसिर २५ गतेबाटै दर्जी सम्पर्कमा नआएपछि खोजी भइरहेको पौडेलले बताए ।