​आयल निगमका पूर्वकार्यकारी निर्देशकविरुद्ध मुद्दा

Newslaya Home

​आयल निगमका पूर्वकार्यकारी निर्देशकविरुद्ध मुद्दा

मङ्गलबार २४, पुष २०७५

काठमाडौं  । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । 

पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले १८ करोड ६६ लाख रुपैयाँभन्दा बढी गैरकानुनी (अकुत) सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । उनले पत्नी शर्मिला खड्का र अन्य व्यक्तिका नाममा समेत अवैध सम्पत्ति लुकाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मुद्दा दायर गरेको हो ।

नविनकुमार घिमिरे अख्तियार प्रमुख बनेपछि अकुत सम्पत्ति आर्जनको अभियोगमा दायर भएकामध्ये यो सबैभन्दा ठूलो विगोको रहेको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए ।

खड्काले विभिन्न व्यक्तिको नाममा खरिद गरेको सात करोड रुपैयाँभन्दा बढीको सम्पत्तिसमेत जफतको अख्तियारले माग गरेको छ । दसीको रूपमा ८९ लाख ८९ हजार रुपैयाँ पनि पेस गरिएको छ ।