​वाणिज्य बैंकले बिना धितो ऋण दिने

Newslaya Home

​वाणिज्य बैंकले बिना धितो ऋण दिने

सोमबार २३, पुष २०७५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उद्यम गर्न चाहाने महिलाहरुका लागि बिना धितो २.३३ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । 


उक्त योजना अन्तर्गत बैंकले १० लाखसम्मको साधारण र १० लाखभन्दा बढीको विस्तृत परियोजना अध्ययनको आधारमा कर्जा दिनेछ। साथै महिला उद्यमशीलता कर्जा अधिकत्तम १५ लाखसम्म दिने वाणिज्य बैंकले जनाएको छ।