Newslaya Home

मनमोहन कप क्रिकेट: आयोजक शान्तिदीप इनरुवाको लज्जास्पद हार

सोमबार २३, पुष २०७५


इनरुवा । इनरुवा जारी मनमोहन स्मृति कप क्रिकेट अन्र्तगत सोमबार भएको खेलमा आयोजक शान्तिदीप प्रदेश २ सँग पराजित भएको छ । यससँगै आजबाटका ग्रुप ए का सबै खेलहरु सकिएका छन् । 

टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश २ ले निर्धारित ५० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा ३ सय १ रन बनाएकमो थियो । 
प्रदेश २ का लागि बिशाल सुसलिङले .१ सय ११ रन, अन्सु कन्दोइले ७७ र हरिशंकर साहले ४४ रनको योगदान गरेका थिए ।  

उता जवाफी ब्याटिङमा उत्रिएको शान्तिदीप इनरुवाले भने २५ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ९३ रन मात्र जोडन सफल भयो । 
शान्तिदीपका लागि इनरुवाका सरोज बस्नेतले सर्वाधिक १५ रन बनाएको थिए । 

आजको खेलको म्यान अफ दी म्याच प्रदेश २ का विशाल सुसलिङ भएका छन् । 
लिग चरणका आधारमा खेलाइएको प्रतियोगितामा ग्रुप ए बाट आफ्ना दुवै खेल जित्दै नेपाल पुलिस यसअघिनै सेमीफाइनल प्रवेश गरिसकेको छ । 
प्रतियोगिता अन्र्तगत भोलि ग्रु्प बी को पहिलो खेलमा नेपाल आर्मीले प्रदेश ३ को सामना गर्दै छ ।