​त्रिविद्वारा आङ्गिक क्याम्पसहरुमा स्ववियू चुनावको तयारी थाल्न निर्देशन

Newslaya Home

​त्रिविद्वारा आङ्गिक क्याम्पसहरुमा स्ववियू चुनावको तयारी थाल्न निर्देशन

सोमबार २३, पुष २०७५

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सबै आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियू) निर्वाचनको पूर्व तयारी थाल्न निर्देशन दिएको छ । 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार उपत्यकाभित्र र बाहिरका सबै आङ्गिक क्याम्पसहरुलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो । 

स्ववियु निर्वाचनको पूर्व तयारी गर्नेसम्बन्धी परिपत्रमा ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्ववियु निर्वाचनबाट निर्वाचित एवं सदस्यहरुको दुई वर्षे कार्यकाल समाप्त हुने भएको हुँदा २०७५ फागुन महिनामा हुने स्ववियु निर्वाचनको पुर्व तयारी गर्न गराउनु हुन अनुरोध छ ।’ भनी उल्लेख गरिएको छ ।

त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई दुई वर्षमा गर्ने व्यवस्था रहेको छ । दुई वर्ष अगाडि त्रिविले पहिलो पटक विद्यार्थीको उमेर हद २८ वर्ष कायम गरी स्ववियु निर्वाचन गराएको थियो ।