​इटहरीमा प्रत्याशाको स्वास्थ्य शिविर

Newslaya Home

​इटहरीमा प्रत्याशाको स्वास्थ्य शिविर

शनिबार २१, पुष २०७५

इटहरी । प्रत्याशा फाउण्डेशनले इटहरीमा स्वास्थ्य शिविर गरेको छ । इटहरी ८ मा रहेको चमार वस्तीमा स्वास्थ्य शिविर गरेको हो । 

शिविरमा ब्लड प्रेसर, दाँत चेक गरिएको थियो । शिविरमा महिला, बालबालिका तथा पुरुषहरुले गरेर ८० जनाले सेवा लिएका थिए । साथमा स्वास्थ्यसम्बन्धि सल्लाहसमेत दिइएको थियो ।

यो संस्थाले महिला, बालबालिका र पछि पारिएका समुदायको लागि स्वास्थ्य सेवा दिने गरेको छ ।

फाउन्डेशनका अध्यक्ष नितु पोखरेलको भनाइ अनुसार क्लिनिकका शिविरमा डा. सुजन गौतमको प्रत्यक्ष सहयोगमा जेष्ठ नागरिक, बालवालिका लगायतका २७ भन्दा बढी सेवाग्राहीहरुले दाँत उखालेका थिए भने १०० भन्दा बढीले दंन्त परिक्षण गराएका थिए ।