Newslaya Home

​आज पौष कृष्ण आमावास्या, पितृतृप्तिका लागि श्राद्ध गर्ने दिन

शनिबार २१, पुष २०७५

काठमाडौं । आज (शनिबार)पौष कृष्ण आमावास्या, आज पितृतृप्तिका लागि विभिन्न तीर्थस्थलमा गई वैदिक सनातन धर्मावलम्बीले श्राद्ध गरी मनाउँदैछन् ।

वैदिक धर्मशास्त्रका विभिन्न ग्रन्थमा शनिबार कुनै नदी उत्तरबाहिनी भएको स्थान, गया, पवित्र तीर्थस्थलमा गई तर्पण, सिदादान र पिण्डदान गरेमा पितृतृप्ति हुने उल्लेख गरिएको छ।

विशेषगरी राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, बेत्रावती, देवघाट, त्रिवेणी, रिडीलगायत नदी किनारमा यही कामनाले पितृप्रति श्रद्धाभाव प्रकट गर्ने भक्तजनको भीड लाग्न गर्दछ ।