Newslaya Home

​फेसबुकले म्यासेन्जरमा ल्यायो यस्ता नयाँ फिचर

शुक्रबार २०, पुष २०७५

काठमाडौं । फेसबुकले म्यासेन्जरमा नयाँ फिचर ल्याउने भएको छ । ‘डार्क मोड’ फिचर म्यासेन्जरमा पाइने भएको हो ।

डार्क मोड फिचरले म्यासेन्जरको कलर सेटिंग्स अर्थात रङ परिवर्तन गर्न मदत गर्नेछ ।

यसले आँखामा निम्तन सक्ने समस्या न्यूनिकरण गर्ने विश्वास लिइएको छ । हाल फेसबुकले डार्क मोड फिचरमा कार्य गरिरहेको जनाएको छ ।

यसैबीच फेसबुकले लोकेसन ट्रयाकलाई अझ मजबुत बनाउने भएको छ । यसअघि मोबाइल लोकेसन अन गरेपछि मात्र फेसबुकले लोकेसन पत्ता लगाउन सक्थ्यो ।

तर, अब भने फेसबुकले लोकेसन अन नभएपनि प्रयोगकर्ताले फेसबुक प्रयोग गरेको भरमा स्थान पत्ता लगाउन सक्नेछ ।

यस फिचरले फेसबुकमार्फत हुने आपराधिक क्रियाकलाप न्यूनिकरण गर्ने विश्वास लिइएको छ ।