​जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ ? नगर्नुस् यस्ता गल्ती

Newslaya Home

​जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ ? नगर्नुस् यस्ता गल्ती

शुक्रबार २०, पुष २०७५

के तपाईँ जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ ? यदी जाँदै हुनुहुन्छ भने तपाईंसँग क्षमता र योग्यता हुनुमात्र पर्याप्त हुँदैन ।

जागिरका लागि दिइने अन्तर्वार्ताका क्रममा आफूलाई प्रभावकारी रुपमा प्रस्तुत गर्नुपनि निकै महत्वपूर्ण हुन्छ । यदी तपाईले आफ्ना कुरा अन्तवार्ताका क्रममा सही ढंगमा राख्न सक्नु भएन भने तपाईको योग्यता र क्षमताको कुनै अर्थ हुने छैन । 

कयौं पटक पर्याप्त अनुभव भएपनि जागिर पाइदैन । यस्तोमा अन्तर्वाताका क्रममा हुने ति गल्तिका बारेमा जान्न जरुरी छ । जसका कारण आगामी दिनमा हुने अन्तवार्तामा फाइदा पुग्न सकोस् । 

तयारी
अन्तर्वार्ता भन्दा पहिला आवश्यक छ कि तपाई जुन संस्था वा विषयबारे अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ त्यसबारे पूर्ण अध्ययन गर्नुहोस् । अन्तर्वार्ताका क्रममा तपाई तपाईलाई सोधिएको प्रश्नको तपाईले कुनै हिचकिचाहच विना उत्तर दिन सक्नुहोस् । प्रश्नको उत्तर दिँदा थाहा छैन भन्ने अवस्था नआउने गरी अध्ययन अनुसन्धान गर्न आवश्यक छ । 

प्रश्न
अन्तर्वार्ताका क्रममा यदी तपाई पनि केह जान्न र बुझ्न चाहनुहुन्छ भने सोध्न सक्नु हुन्छ तर त्यसका लागि अत्यावश्यक विषय बारेमात्र प्रश्न गर्नुहोस् । जसले दोहोरो संवाद हुन सकोस् । 

प्रशंशा
यदी तपाई सोच्नुहुन्छ कि आफ्नो प्रशंशा या तारिफ गर्दा प्रश्नकर्ता वा अन्तवार्ता लिने व्यक्ति प्रभावित हुनेछ र तपाईले काम पाउनुहुनेछ, तर यसो गर्नु गलत हुनेछ । भूलेर पनि यस्तो नगर्नु होला । अन्तर्वार्ता लिने व्यक्तिले तपाईमा टीम प्लेयरको गुण हेर्न चाहन्छ न कि आत्म प्रशंसक हुने प्रवृत्ति । त्यसैले अन्तर्वार्ता दिने क्रममा आफ्ना कामको धेरै प्रशंसा नगर्नु होला । 

पुरानो कामबारे चर्चा
अन्तर्वार्ताका क्रममा आफ्नो पूरानो जागिर वा कामको गलत कुराहरु बारे उल्लखे नगर्नुहोस् किनकी यासे गर्नले तपाईलाई छनोट गर्ने सम्भावना कम हुन जान्छ । यसबाट छनोटकर्तामाझ तपाईको छवी नराम्रो हुन जान्छ ।