क्यान्सरबाट बच्न खानुहोस् ब्रोकाउली

Newslaya Home

क्यान्सरबाट बच्न खानुहोस् ब्रोकाउली

शुक्रबार २०, पुष २०७५

ब्रोकाउली काउली वाली तरकारी समूह अन्तर्गत पर्दछ । यसको कलिला पात डाँठ, फूल तथा फल जस्तो देखिने भागलाई तरकारीको रुपमा सेवन गरिन्छ । ब्रोकाउलीको सेवनले क्यान्सर लगायतका रोगबाट बचाउने विभिन्न खाले अनुसन्धानले देखाएको छ । 

यसका साथै पछिल्लो एक अध्ययनले भने ब्रोकाउली खाँदा मात्र होइन शरीरमा घस्दा समेत क्यान्सरबाट जोगिन सहयोग पुग्ने तथ्य पत्ता लागेको छ । अनुसन्धानका अनुसार शरीरको छालामा ब्रोकाउली घसियो भने घामबाट डढेर हुने छालाको क्यान्सरको खतरा कम हुन्छ । 

अमेरिकाको एरिजोना क्यान्सर सेन्टर र जोन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको शोधले यस्तो कुरा प्रमाणित गरेको हो । शोधकर्ता स्याली डिकिन्सनका अनुसार ब्रोकाउलीमा सल्फोराफेन भन्ने तत्व हुने भएकाले ब्रोकाउली शरीरमा रगड्दा त्यसले क्यान्सरको जोखिम कम गर्छ । सल्फोराफेन नामक रसायनले सरीरमा क्यान्सर कोषको सिर्जना हुने एपी वान नामक प्रतिक्रियालाई कम गर्ने तथा रसायनिक रुपमा सरीरलाई सुरक्षित राख्ने वंशाणुलाई समेत प्रवर्धन गर्ने गर्छ । 

शोधकर्ताहरुका अनुसार ब्रोकाउलीमा हुने यो रसायनले छाला डढ्ने जोखिम कम गर्छ र छालामा सुरक्षात्मक इन्जाइमको उत्सर्जनलाई बढावा दिन्छ । विश्वमा छालाको क्यान्सरको जोखिम बढीरहेको र सूर्यको किरण यसको मुख्य कारक तत्व रहेको विज्ञहरुले बताउँदै आएका छन् ब्रोकाउलीको सेवनले क्यान्सर लगायतका रोगबाट बचाउने विभिन्न खाले अनुसन्धानले देखाएको छ ।