Newslaya Home

यस्ता छन् स्टिम बाथका फाइदा

बिहीबार १९, पुष २०७५

स्टिम बाथले छालालाई निकै फाइदा पुर्‍याउँछ । तर, यसले छालामा मात्र नभइ मुटुलाई स्वस्थ बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ । अर्थात्, स्टिम बाथ मुटुका लागि पनि उत्तिकै फाइदाजनक छ । एक अनुसन्धानले प्रमाणित गरेको छ कि नियमित स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको खतरा कम हुन्छ । 

– हप्तामा एक दिन मात्र स्टिम बाथ लिनेको तुलनामा दैनिक स्टिम बाथ लिने मानिसलाई स्ट्रोकको सम्भावना ६१ प्रतिशत कम हुन्छ ।

– अनुसन्धानकर्ताहरूका अनुसार जति छोटो समयको अन्तरालमा बाफले स्नान गरिन्छ, त्यति नै स्ट्रोक हुने खतरा कम भएर जान्छ । यसको प्रभाव पुरुष–महिला दुवैमा समान हुन्छ । 

– स्टिम बाथले छालालाई स्टिमुलेट गर्ने हुँदा छाला, जोर्नीलगायतको दुखाइ कम गर्छ ।

– ढाड–कम्मर, जोर्नी दुख्ने, बाथरोग, युरिक एसिड बढेका, पिनास, मधुमेहजस्ता रोगबाट ग्रसितका लागि यो लाभदायक मानिन्छ ।

– हप्तामा एकपटक स्टिम बाथ गर्दा स्वस्थ रहन मद्दत पुग्छ । रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसाराइडजस्ता समस्या भएका व्यक्तिलाई पनि यसले फाइदा पु¥याउँछ ।