​जीत (कविता)

Newslaya Home

​जीत (कविता)

बिहीबार १९, पुष २०७५

चाहाँन्छ्यौ तिमी सधैं
हासिल गर्न जीत,
म खोज्छु सधैं
मनमन्दिरमा प्रीत,
सजाउली तिमी आफूलाई
आभूषण र परिधानले,
तर
सजाउॅछु म, मेरा
हृदयका अवयवहरु,
जुन तिमीलाई सर्वधा 
अस्वीकार्य छ ।।

यहाँ धेरै मानिसहरु 
जीतेरपनि हार्छन्,
केहि हारेरपनि जित्छन्,
अनि,
कोही तन हारेर मन जित्छन्
त कोही मन हारेर तन जित्छन ।।

जीतको श्रृंखला चढी
पुग्छन् कोही उच्चतम्
विन्दु यसको,
पाउँलान् भौतिक सुखसयल
र कागजका खोस्टा धेरै,
तर पनि 
किन मानिस ?
भित्र–भित्रै धमीराले मक्काएर
खोक्रो पारेको खम्बा सरह
मक्किरहेछ, आफूलाई शायद
स्फटिकको संझि ।।

तैपनि,
छोड्दैन देखाउन दंभ,
अनि,
ठान्दो हो आफूलाई
संसार जितेको 
तर,
किन बिर्सेको होला ?
बबुरोले कि,
एकदिन आफ्नो 
अमूल्य शरीर डंगरंड़्ग 
पछारिन्छ मूढो सरी,
जतिनै बाह्य बैभवताको दंभ
पालेपनि,
भित्र खाली नै हुन्छ
एउटा खुकुरी बिनाको 
खाली दापजस्तो ।।

1 प्रतिकृयाहरू प्राप्त
  • Tikendra Jung Ranaलेख्नुहुन्छ
  • |
  • बिहीबार १९, पुष २०७५ ०८:२८
राम्रो कबिता। कबिज्युको जय होस। यस्तो पढन पाई रहियोस।