Newslaya Home

​चिसो मौसममा गर्भवती महिलाले नगर्नुहोस् यस्ता गल्ती

बुधबार १८, पुष २०७५

चिसो मौसममा गर्भवती महिलाले आफ्नो विशेष हेरचाह गर्न जरुरी हुन्छ । चिसो याममा  महिलाको रोग प्रतिराधात्मक क्षमता कमजोर हुन्छ । जाडोमा गर्भवती महिलाले स्वास्थ्यदेखि भोजनसम्ममा विशेष ख्याल गर्नुपर्छ । 

जाडो मौसममा चल्ने चिसो हावाले विभिन्न रोग निम्त्याउन सक्छ । त्यसैले घरबाहिर निस्कनुअघि गर्भवती महिलाले राम्ररी लुगा लगाएर आफूलाई ढाक्नुपर्छ । तर, टाइट लुगा भने लगाउनु हुँदैन । 

जाडो याममा रुघाखोकीको समस्या बढी देखिन्छ । यो मौसममा गर्भवती महिललो आफ्नो भोजनमा पनि धेरै ध्यान दिनुपर्छ । शरीरलाई बलियो बनाउने खानेकुरा खानुपर्छ ।
 
यस्तो अवस्थामा भिटामिन सी भरपुर मात्रामा सेवन गर्नुपर्छ । कागती, सुन्तलालगायतका फलफूल खानुपर्छ । 

गर्भवती महिलाले मासु, माछा, आण्डा, दूध, दाललगायतका प्रोटिनयुक्त खानेकुरा सेवन गर्नुपर्छ ।  

चिसो मौसममा छाला सुख्खा हुने समस्याले सताउँछ । त्यसैले एकदमै तातो पानी प्रयोग गर्नु हुँदैन । म्वइस्चराइज क्रिम प्रयोग गर्नुपर्छ । 

जाडोमा ज्वरो, रुघाखोकीले दुःख दिएमा तुरुन्तै डाक्टरसँग सम्पर्क गर्नुपर्छ । 

प्रशस्त पानी खानुपर्छ । गर्भावस्थामा शरीरलाई बढी पानीको आवश्यकता हुन्छ ।

बासी खान खानु हुँदैन । ‘चिसोमा खान बिग्रँदैन’ भन्दै बासी खाना खाने चलन छ । यस्तो खाना खाँदा गर्भे शिशुलाई असर पर्न सक्छ ।