Newslaya Home

‘इन्टरनेटका पिता’ मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को निधन

मङ्गलबार १७, पुष २०७५

काठमाडौं । इन्टरनेटका प्रतिपादक मानिने अमेरिकी वैज्ञानिक ल्यारी रोबर्टस्को गत २६ डिसेम्बरमा निधन भएको छ । 

इन्टरनेटको पहिलो प्रारुपको डिजाइन तथा निर्माण गरेका रोबर्टस्को ८१ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो ।

सन् १९६० को दशकमा उनले अमेरिकाको एडभान्स्ड रिसर्च प्रोजेक्ट एजेन्सीको एउटा विभागको नेतृत्व गरी आर्पानेट नामक कम्प्युटर नेटवर्कको निर्माण गरेका थिए ।

रोबोर्टलाई इन्टरनेटका चार जना जनक मध्येका एक मानिन्छ । अन्य तिनजनामा बब काह्न, भिन्ट सर्फ र लेन क्लेइनरक रहेका छन् ।

रोबार्टले पहिलोपटक कम्प्युटर नेटवर्कको विकास गरी डाटा ट्रान्सफरको प्रविधि पनि विकास गरेका थिए ।

उनले विकास गरेको आर्पानेट नामक नेटवर्क प्रणालीमा पहिलोपटक सन् १९६९ मा चारवटा कम्प्युटर जोडिए ।