​आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०१९ सुरु

Newslaya Home

​आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०१९ सुरु

मङ्गलबार १७, पुष २०७५

काठमाडौं । इस्वी संवतको नयाँ वर्ष सन् २०१९ आजबाट शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष धुमधामका साथ मनाइरहेका छन् ।

इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएको मान्यता छ ।

येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०१८ को विदाई र नयाँ वर्ष सन् २०१९ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

इस्वी संवतको यो नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक कार्यक्रमलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुभकामना सन्देश जारी गर्दै सन् २०१९ मा समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।