विराटनगर विमानस्थलबाट अन्तरप्रदेश उडानको तयारी

Newslaya Home

विराटनगर विमानस्थलबाट अन्तरप्रदेश उडानको तयारी

मङ्गलबार १७, पुष २०७५

विराटनगर । विराटनगर विमानस्थलबाट अन्तरप्रदेश उडानको तयारी थालीएको छ । प्रदेश १ सरकारको पहलमा गण्डकी प्रदेशको पोखराका लागि अन्तरप्रदेश उडानको तयारी गर्न थालिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औँं वाषिर्कोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा सोमबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले चाडै प्रदेश नं. एकबाट गण्डकी प्रदेश राजधानीको पोखराको उडान भर्ने प्रकृया विराटनगरबाट शुरु हुने बताए । 

उनले आगामी हप्ता प्रधानमन्त्री र पर्यटनमन्त्रीसँग भेटी त्य बिषयमा निर्णय गरिने समेत जानकारी दिए ।

कार्यक्रममा आन्तरिक तथा कानूनमन्त्री हिक्मत कार्कीले क्षेत्रीय अन्तरदेशीय विमानस्थलको विस्तार गरी यात्रुलाई आवश्यक सुविधा प्रदान गर्न प्रदेश सरकार लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विराटनगर विमानस्थलबाट अहिले काठमाडौंका लागि चार वायुसेवा कम्पनीका दैनिक आवातजावत गरी २८ उडानका साथै तुम्लिङटार र साप्ताहिक रुपमा पर्वतीय उडान भइरहेका छन् ।

सन् २०१८ को ११ महीनामा यस विमानस्थल हुँदै चार लाख ८५ हजार ६९ यात्रुले आवतजावत गरेका कार्यक्रममा जानकारी गराइएको थियो ।