तथ्यांक चोरी हुने समस्या समाधान गर्न अझै एक वर्ष लाग्ने

Newslaya Home

तथ्यांक चोरी हुने समस्या समाधान गर्न अझै एक वर्ष लाग्ने

सोमबार १६, पुष २०७५

काठमाडौं । फेसबुकमा तथ्यांक चोरी हुने समस्या समाधान गर्न एक वर्ष लाग्ने बताइएको छ ।

फेसबुकका संस्थापक एवं सीईओ मार्क जुकरबर्गले तथ्यांक चोरीको समस्या समाधान हुन अझै एक वर्ष लाग्ने बताएका हुन् । युरोप र अमेरिकी कम्पनीहरुले फेसबुकबाट व्यक्तिगत तथ्यांक, सूचना तथा जानकारी चोरी गर्दै आएका छन् ।

सोही कारण व्यक्तिगत जानकारी बाहिरिन थालेपछि जुकरबर्गले अमेरिकी सिनेटमा जवाफ दिनु परेको थियो । त्यस्तै, अदालतमा पनि उपस्थित हुनु परेको थियो ।

जुकरबर्गले पहिलेको भन्दा अहिले फेसबुक सुरक्षित भएको दावी गरेका छन् । उनले कम्पनी पूर्ण रुपमा फेरबदल गरिएको जनाएका छन् । 

अहिले फेसबुकले आतंकवाद तथा घृणा फैलाउने ९९ प्रतिशत तस्विर, पोस्ट प्रयोगकर्ताले गुनासो गर्नुभन्दा अघि नै हटाउने गरिएको उनले बताए ।

उनले चुनावमा प्रभाव पार्ने, झुटा हल्ला फैलाउने लगायतका क्रियाकलाप फेसबुकबाटै भइरहेको स्वीकारेका छन् ।

अहिले फेसबुक कम्पनीमा ३६ हजार पूर्णकालिन र ३० हजार पार्ट टाइम काम गर्ने कर्मचारी कार्यरत छन् ।