Newslaya Home

नोबेलले बिना चिरफार निकाल्यो पित्त नलिको ढुंगा (भिडियोसहित)

आइतबार १५, पुष २०७५

विराटनगर । नोबेल शिक्षण अस्पताल विराटनगरले बिना चिरफार पित्त नलिमा रहेको ढुंगालाई निकालेको छ । 

अस्पतालका डा. रोहित प्रसाद यादवका अनुसार पित्त नलिमा रहेको ढुंगालई ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर मुखबाटै सहज रुपमा निकाल्न सकिने छ । उनका अनुसार ‘विदेशमा यो प्रविधिबाट उपचार हुने भएपनि नेपालका लागि ईआरसीपी नयाँ पद्धति हो ।’ उनले भने ‘पूर्वी नेपालमा भने पहिलो पटक नोबेलले बिना अप्रेशन मुखबाट ढुंगा निकाल्न थालेको हो ।’

नेपालमा यसकिसिमको प्रविधि विरलै पाइन्छ । यसअघि पित्त नलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो । पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने, संक्रमणको खतरा हुन्थ्यो भने यो प्रविधिबाट त्यस्तो कुनै खतरा नहुने चिकित्सकहरु बताउँछन् । साथै यस प्रविधिबाट उपचार गर्दा बाह्य असर र खर्च पनि कम हुने उनीहरुको भनाई रहेको छ । 

यसका साथै पित्त नलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउँन पनि यो विधि अत्यन्तै लाभदायी हुने डा.यादवले बताएका छन् ।