केयूले ल्यायो मुलुककै पहिलो सुपर फास्ट कम्प्युटर, यस्तो छ विशेषता

Newslaya Home

केयूले ल्यायो मुलुककै पहिलो सुपर फास्ट कम्प्युटर, यस्तो छ विशेषता

शुक्रबार १३, पुष २०७५

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा  ‘सुपर कम्प्युटर’ भित्रिएको छ । साधारण कम्प्युटरको तुलनामा सुपर कम्युटरमा कयौँ गुणा बढी डाटा प्रोसेसिङको क्षमता रहेको हुन्छ ।

उक्त कम्प्युटरमा पनि साढे ७ टेरावाइटको ¥याम, प्रोसेसिङ क्षमता र साढे १ पेटबाइट स्टोरेज क्षमता रहेको छ । उक्त कम्प्युटरले एकै साथ धेरै प्रकारका इन्पुट, स्टोर, प्रोसेस र आउटपुट गर्न सक्दछ । 

यसको प्रयोगले भूकम्प प्रतिरुपण, जलवायु परिवर्तन, एचवानएनवान भाइरस नियन्त्रण, नवजात शिशुमा लाग्ने रोगहरूको आनुवंशिक विश्लेषण, प्रदूषण निवारणमा वातावरणसम्बन्धी तथ्यांकहरूको विश्लेषण, विभिन्न नदीहरूको जलविद्युत् सम्भाव्यता लगायतमा उच्चस्तरको अध्ययन गर्न सक्ने विश्वविद्यालयले जनाएको छ ।

उक्त कम्प्युटरलाई कभ्रैको सूचना प्रविधि पार्कमा राखिएको छ ।