Newslaya Home

​डीभीएम स्कुलपछि इटहरीका मेयरको नजर बालग्रामसँगैको जग्गामा

शुक्रबार २१, मङि्सर २०७५

इटहरी । इटहरी उपमहानगरपालिकाले सार्वजनिक जग्गा खोजी अभियानलाई तीव्र बनाएको छ । 

इटहरी ९ मा डिभिएम स्कुलले हडपेको तीन विगाह तीन कठठा, तीन घुर सार्वजनिक जग्गामा जनता पार्क उद्घाटन गरेलगत्तै इटहरीका मेयर द्वारिकलाल चौधरीले इटहरी १६ स्थित सार्वजनिक जग्गाको निरीक्षण गरेका छन् ।

एसओएस बालग्रामदेखि अगाडी मुख्य बाटोसँगै जोडिएको छ कठ्ठा सार्वजनिक जग्गाको नीरिक्षणका लागि उनी त्यहाँ पुगेका हुन् । वडाध्यक्ष जीतनारायण चौधरी, वडा सदस्य तेजनारायण चौधरी र इन्जिनियर भवेन्द्र चौधरीसहित मेयर चौधरी सार्वजनिक जग्गा खोजीमा निस्केका हुन् । 

त्यहाँ रहेको छ कठठा जग्गामा पून अमिन ल्याएर जाँचवुझ गरि ऐलानी जग्गा छुटयाइ घेरावार गरिने अभियानमा मेयर चौधरी छन् । उहाँले त्यहाँ पनि पार्क निर्माण गरिने बताए । पार्कसँगै पुस्तकालय समेत स्थापनाका लागि सम्भाब्यता अध्यन गरिने वडा सदस्य तेज नारायण चौधरीले वताए । 

इटहरी उपमहानगरले सार्वजनिक, ऐलानी,पर्ति जग्गा खोजी अभियान तिव्र वनाउन नम्वर १३ का अध्यक्ष शिव नारायण चौधरीको संयोजकत्वमा समिति बनाएको छ । अहिले यो समितिले वडा वडामा पुगेर खोजि अभियान चलाइरहेको छ । 

यसअघि इटहरी उपमहानगरका इन्जिनियर विकास भट्टराईको संयोजकत्वमा वनेको ऐलानी पर्ति जग्गा खोजविन तथा संरक्षण समितिले उपमहानगरमा प्रतिवेदन बुझाइसकेको छ । 

प्रतिवेदनमा खोलानाला, पोखरी, मठमन्दिरले चर्चेको सहित इटहरीमा ९ सय ९५ विगाह ६ कठ्ठा डेडधुर जग्गा ऐलानी, पर्ति, जग्गा रहेको छ । साविकको इटहरीमा २ सय ३० विगाह ७ धुर, खनारमा ३ सय २६ विगाह, १९ कठ्ठा ११ धुर, एकम्वामा १ सय ७३ विगाह १६ कठ्ठा ११ धुर, पकलीमा १सय २२ विगाह ६ कठ्ठा ५धुर र हाँसपोसामा १ सय ४१ विगाह १५ कठ्ठा १५ धुर जग्गा रहेको छ ।