Newslaya Home

​ललित अम्बर डिपो कप : लिटल फ्लावर्स र महेन्द्र मेमोरियल सेमिफाइनलमा

शुक्रबार २१, मङि्सर २०७५

धरान । धरानमा जारी १५औ ललित अम्बर डिपोकपमा लिटलहर्ट स्कुल र महेन्द्र ममोरियल दुहवि सेमिफाइनलमा प्रवेश गरेको छ । 

शुक्रवार भएको पहिलो क्वाटर फाइनल खेलमा लिटल फ्लावर्सले विष्णु स्कुललाई १–० र महेन्द मेमोरियल दुहविले पनि इस्र्टन स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो खेलमा लिटल फ्लावर्सका जोलिन राईले गोल गरेका थिए । उक्त खेलमा विष्णु स्कुलका तान्छोहाङ्गमा लिम्वु म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा महेन्द्र मेमोरियलका सुजन सरदारले गोल गरे । खेलको म्यान अफ द म्याच इस्र्टनका व्रनिल विके घोषित भए । 

सोहि दिन भएको प्लेट च्याम्पियन तर्फको खेलमा विलिवर्स स्कुल पञ्कन्याले शत्यसिसु स्कुललाई २–० गोल अन्तरले र धरान आदर्शले कार्मेललाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल  प्रवेश गरेको छ । 

भोलिको खेल डिपो कप तर्फ पहिलो सेमिफाइनल खेल पुलिस र लिटल फ्लावर्स, आइडल स्कुल र महेन्द्र मेमोरियल स्कुल विच हुनेछ । त्यस्तै गरि प्लेट तर्फ पहिलो सेमिफाइनल खेल डिपो स्कुल र विलिवर्स, सेक्रेटहर्ट र धरान अदर्श विच हुनेछ ।