Newslaya Home

​वायु प्रदुषणका कारण एकै वर्षमा १० लाखले ज्यान गुमाए

शुक्रबार २१, मङि्सर २०७५

काठमाडौँ । भारतमा वायु प्रदुषणका कारण १२ दशमलव ५ प्रतिशत भन्दा बढीले ज्यान गुमाएको एक अध्ययनले देखाएको छ । 

ल्यान्सेट प्लानेटरी हेल्थ नामको एक अन्तर्राष्ट्रिय जर्नलले बिहीबार यस्तो तथ्य सहित रिपोर्ट प्रकाशन गरेको हो । जसमा वायु प्रदुषणका कारण ज्यान गुमाउने ५१ प्रतिशत भन्दा बढी ७० वर्ष भन्दा कम उमेरका मानिसहरु रहेका छन् ।

भारतमा वायु प्रदुषणका कारण भारतमा २६ प्रतिशत मानिसको अपांगता र मृत्यु हुने गरेको रिपोर्टले देखाएको छ । 

जसमा राजधानी नयाँदिल्लीलाई खतरायुक्त रहेको मानिएको छ । अन्य क्षेत्र भन्दा दिल्लीको नागरिकको दैनिक स्वासप्रश्वासमा प्रत्यक्ष प्रभाव रहने बताइएको छ । 


‘बील एन्ड मेलिन्डा गेट्स फउन्डेशन’को पहलमा भारत र बाहिरी देशका प्रतिष्ठित वैज्ञानिकहरुले गरेको प्राज्ञिक अनुसन्धानका आधारमा यस्तो तथ्य पत्ता लागेको हो । यस वर्षको सुरुमै विश्व स्वास्थ्य संगठनले विश्वकै अत्याधिक प्रदुषित १४ सहरको घरको रुपमा भारतलाई सूचीकृत गरेको थियो ।