Newslaya Home

​पूर्वपतिसँग सरस्वती प्रतिक्षाको लन्च, लेखिन्, 'जान्यो भने सम्बन्ध विच्छेदसमेत उत्सव'

बिहीबार २०, मङि्सर २०७५

इटहरी । सरस्वती प्रतिक्षा नेपाली साहित्यमा चिनिएको नाम हो । उनले नथिया नामक उपन्यास लेखेकी छिन् । 

सरस्वती प्रतिक्षाले विहीबार एउटा पोष्ट आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरीन् । जसमा एउटा फोटो र केही शब्द थिए । 

अहिले उनको त्यो फोटोसहितको पोष्ट सामाजिक सञ्जालमा शेयर भइरहेको छ । 

फोटोमा उनी आफ्ना पूर्वपति ठाकुरप्रसाद पन्तसँग छिन् । 

तीन वर्षअघि उनीहरुले वैवाहिक सम्बन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेद गरेको तीन वर्षपछि भेटेर सँगै खाना खाएको उनले उल्लेख गरेकी छिन् । उक्त भेटमा आफू आफूले बाँचिरहेको जीवनको समिक्षासमेत गरेको उनले लेखेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘सम्बन्ध बिच्छेद गरेको आजबाट ठिक तीन वर्ष पूरा भएर चार वर्ष लागेको उपलक्ष्यमा ठाकुरजीसँग भेटेर लन्च गरियो । सम्बन्ध बिच्छेदपछि आ-आफूले बाँचेको जीवनको समीक्षा पनि गरियो । सेलिब्रेट गर्न जान्यो भने सम्बन्ध बिच्छेद समेत एक उत्सव बनिदिदो रहेछ ।’

उनको यो पोष्टलाई दुई घण्टामा झण्डै सय पटक शेयर गरिएको छ भने एक हजार बढी लाइक आएको छ । कमेन्टको वर्षा भएको छ । धेरैले उनको विचारको प्रसंसा गरेका छन् भने कतिपयले बिच्छेद गरिएको सम्बन्ध फेरी जोडियोस् भनेर शुभकामना दिएका छन् ।