Newslaya Home

सनम हत्या प्रकरणमा सबै साधारण तारेखमा रिहा

बिहीबार २०, मङि्सर २०७५

काठमाडौँ ।  ३३ केजी सुन काण्डमा पक्राउ परेका तत्कालीन महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीसहित सबै तीनजना अधिकारी साधारण तारेखमा रिहा भएका छन्।

 ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा उच्चस्तरीय छानबिन समितिले छानबिन समितीले महाशाखाका तत्कालीन प्रमुख लोहनीसहित डिएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेलविरुद्ध मुद्धा चलाएको थियो। 


पुर्पक्षको आदेशविरुद्ध सई सन्जेलले उच्च अदालतमा पुनरावेदन गरेका थिए। जसलाई साधारण तारेखमा रिहा गर्ने उच्च अदालत विराटनगरले आदेश दिएको छ। यसअघि थुनछेकको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका लोहनी र केसी पनि पुनरावेदन गरेपछि साधारण तारेखमा रिहा भएका थिए। 

दुवै जना हाल सेवामा पुनर्बहाली भइसकेका छन्।  बेपत्ता भनिएको ३३ केजी सुन भने अझै पनि प्रहरीले फेला पार्न सकेको छैन।