Newslaya Home

​रामधुनीमा शतबीज छर्नको लागि लाग्यो लाखौ मानिसको घुइचो

बिहीबार २०, मङि्सर २०७५

इटहरी । बाला चतुर्दशी अर्थात आज (बिहीबार) का दिन रामधुनी मन्दिरमा शतबीज छर्ने मानिसको घुइचो लागेको छ । 

पितृले मोक्ष पाउने मान्यताका साथ शतबीज छर्ने गरिन्छ । सोहि क्रममा आज सुनसरीमा रहेको रामधुनी मन्दिरमा मानिसहरु मकै, गहुँ, हलेदो, जौ लगायतका अन्नहरु लिएर शतबीज छर्न आउनेको भीड लागेको हो ।  

त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास पनि रहेको छ। 

यस वर्ष बाला चतुर्दशीको मेला भर्न रामधुनि मन्दिर क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी मन्दिर परीसरमा धुनि ताप्ने ठाउँमा पराल तथा वाह्यबाट आउने भक्तजनलार्इ प्रसादको व्यवस्था समेत मिलाइएको थियो ।  

लगभग दस लाख भक्तजन उपस्थित भएको मन्दिरमा विशेष गरि नेपाल, भारत, भुटानबाट समेत भक्तजनहरु आएको समितिका सचिव राम कोइरालाले जानकारी दिए ।