Newslaya Home

सञ्चार खर्चको माग गर्दै उपप्रमुखले फिर्ता गरिन् सिम कार्ड

बिहीबार २०, मङि्सर २०७५

सप्तरी । पछिल्लो समयमा विभिन्न स्थानका जनप्रनिधिहरु बीच बादविवाद बढदो रहेको छ । अहिले खासगरी प्रमुख र उप प्रमुखबीच अत्यधिक विवाद हुने गरेको छ ।

महिला भएकै कारण पुरुषहरुले आफूलाई हेप्ने गरेको उप–प्रमुखहरुको आरोप रहेको छ । यस्तै एउटा घटना सप्तरीमा पनि देखिएको छ । सप्तरीकी उप–प्रमुखले नगर प्रमुखले अफूलाई हेपेर संचार खर्च समेत नदिएको भन्दै नगरपालिकाले प्रदान गरेको मोबाइलको सिमकार्ड फिर्ता गरेकी छिन् 


जिल्लाको बोदे बर्साइन नगरपालिकाकी उप प्रमुख रञ्जुकुमार िसाहले नगरपालिकाले उपलब्ध गराएको नेपाल टेलिकमको सिमकार्ड नगरपालिकामा फिर्ता गरेको बताएकी छन् । उप–प्रमुखलाई नै संचार खर्च नभएका कारण नगरपालिकालाई सिमकार्ड फिर्ता गरेको उनले बताएकी छिन् । 

उप–प्रमुखमा निवार्चित भएदेखि अहिले सम्म संचार खर्च वापत रु एक हजार मात्र उपलब्ध भएपछि नगर प्रमुखका नीजि सचिव मार्फत सिम कार्ड फिर्ता गर्न बाध्य भएको उनले बताएकी छिन् । साथै पत्रिकाको बिल पनि अफैले तिरेको र हाल सम्म नगरपालिकाले कुनै पनि सुविधा नदिएको गुनासो गरेकी छिन् ।