Newslaya Home

प्रदेश राजधानी नफेरीने प्रचण्डको उद्घोष

बिहीबार २०, मङि्सर २०७५

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको राजधानी अघिल्लो सरकारले तोकेकै स्थानमा कायम रहने बताएका छन् ।

बिहीबार भैरहवामा आयोजित लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले हाल कायम रहेका प्रदेशका राजधानीलाई अन्यत्र सार्दा धैरै समस्या हुने बताएका थिए । 

हाल कायम रहेका प्रदेशका राजधानीलाई  अन्यत्र सार्दा पूर्वाधार निर्माणदेखि अन्य समस्या झेल्नुपर्ने उनको भनाइ छ ।

राजधानी तोक्ने विषयको अन्तिम निर्णय भने प्रदेश सभाको भएपनि अघिल्लो सरकारले तोकेको स्थानमा नै ५/१० वर्षसम्म राजधानी चलाउँदा राम्रो हुने विचार समेत उनले व्यक्त गरे । 

उनले लुम्बिनीमा शान्तिको खोजीमा सबै धर्म, वर्ग, सामुदायको आगमन हुने भएकाले लुम्बिनीलाई विश्व शान्तिको रुपमा विकास गर्नुपर्ने समेत बताए । साथै प्रदेश नं. ५ को राजधानीको नाम लुम्बिनी राख्दा कसैको आपत्तिको विषय नहुने समेत उल्लेख गरे । 

सरकारले पनि ऐन नियम र कानुन अनुसार समय खर्चनु पर्ने भएकोले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको र आउँदा दिनहरुमा कमि भएको विषयलाई सुधार गर्दै जाने र गरेका राम्रा कामलाई समर्थन गर्नुपर्ने आवश्यक रहेको बताए ।