Newslaya Home

​दोस्रो ललित अम्बर डिपो कप: पुलिस र आइडल सेमिफाइनल प्रवेश

बिहीबार २०, मङि्सर २०७५

धरान । धरानमा जारी १५औ ललित अम्बर डिपो कपमा नेपाल पुलिस स्कुल र आइडल स्कुल सेमिफाइनल प्रवेश गरेको छ । 

विहिवार भएको पहिलो सेमिफाइनल खेलमा पुलिस स्कुलले हिमशिखरलाई ट्राइव्रेकरमा ४–२ गोल अन्तरले र आइडल स्कुलले मेरिल्याण्ड स्कुललाई १–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । 

पहिलो खेलमा पुलिस स्कुल र हिमशिखर स्कुलले निर्धारित समयमा कुनै गोल हुन नसके पछि खेल ट्राइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पुलिसका तर्फ वाट प्रवेश तामाङ, अविन चौधरी, जेसस खड्का र सोनु यादवले गोल गरेका थिए ।

हिमशिखरको तर्फ वाट नेलशन गुरुङ र खेलका म्यान अफ द म्याच सजन राईले मात्र गोल गरेका थिए । 
दोस्रो सेमिफाइनल खेलमा आइडलका आयुष श्रेष्ठले एक मात्र निर्णायक गोल गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा पुरयाएका छन् । उक्त खेलमा मेरिल्याण्डका नाम्योग लिम्वु म्यान अफ द म्याच घोषित भए । 

विहिवार देखि प्लेट च्याम्पियन खेल पनि सुरु भएको छ । प्लेट तर्फको पहिलो खेलमा डिपो स्कुलले नवज्योति स्कुललाई टाइब्रेकरमा २–० गोल अन्तरले र सेक्रेटहर्टले सृजना स्कुललाई टाइब्रेकरमा नै ४–३ गोल अन्तरले पराजित गरेका छन । दुवै खेलमा निर्धारित समय सम्म दुवै तर्फ गोल हुन नसके पछि खेल टाइब्रेकरमा गएको थियो । डिपो कपको पहिलो चरण पराजित टिमले मात्र प्लेट च्याम्पियन खेल्न पाउनेछ । 

डिपो कपको शुक्रबारको सेमिफाइनल खेल विष्णु स्कुल र लिटल फ्लावर्स, महेन्द्र मेमोरियल र इस्र्टन विच हुनेछ । त्यस्तै गरि प्लेट तर्फ सत्यशिसु र वेलिइवर्स पञ्कन्या, कार्मेल धरान र आदर्श विच प्रतिश्पर्धा हुनेछ ।