Newslaya Home

​कारागारकै पार्किङस्थलबाट कार चोरी

बिहीबार २०, मङि्सर २०७५

काठमाडौं । अमेरिकामा एक व्यक्तिले कारागारकै पार्किङ स्थलबाट चोरी गरेका छन् । 

अमेरिकाको पेन्सिल्भेनियामा कारावास सजाय काटेर निस्किएका ३६ वर्षिय टमस ली विलियम्सले मंगलवार बेलुका जेलबाट निस्कनेबित्तिकै एक महिलालाई आक्रमण गरेर कारको चोरी गरेका हुन् । 

उक्त कारको पछाडिको सीटमा महिलाका एक वर्षीय नाति पनि रहेको जनाइएको छ । विलियम्सले चोरी गरेको उक्त कार १५ मिनेटपछि दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछी जंगलतर्फ भागेका विलियम्सलाई प्रहरीले पक्राउ गरेको थियो । कारमा रहेका नाति र हजुरआमालाई उपचारका लागि अस्पताल लगिएको थियो । 

फिलाडेल्फियाका विलियम्सलाई बुधवार फेरि हिरासतमा लिइयो र दुई लाख ५० हजारको बेल निर्धारण गरियो । 

सन् २०१७ मा लागू औषध कारोबारमा पक्राउ परेका विलियम्सलाई मंगलबार रिहा गरिएको थियो ।