Newslaya Home

वीरगञ्जमा हर्न र पोलिथिन प्रयोगमा प्रतिबन्ध लगाइने

बिहीबार २०, मङि्सर २०७५

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हर्न तथा पोलिथिन प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ।

नगर प्रमुख विजयकुमार सरावगीको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले आगामी पुस १७ गतेदेखि वीरगञ्जमा  हर्न तथा पोलिथिन प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

महानगरपालिकाको उक्त निर्णयलाई सफल बनाउन जिल्ला ट्राफिक कार्यालय तथा स्थानीय संघसंस्थाहरूको समन्वयमा व्यापक जनचेतना कार्यक्रम सुरू गर्ने समेत निर्णय गरिएको जनाइएको छ। 

प्लाष्टिकजन्य पदार्थबाट वीरगञ्ज महानगरक्षेत्रमा भएको प्रदूषणलाई मध्यनजर गर्दै आगामी पुस १७ देखि लागू हुने गरी प्लाष्टिकको ग्लास कप तथा प्लेटहरूको प्रयोग निषेध गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत भुसालले जानकारी दिए।