Newslaya Home

​इरानको प्रहरी चौकीमा आत्मघाती बिस्फोट, तीन जनाको मृत्यु

बिहीबार २०, मङि्सर २०७५

तेहरान । इरानको सिस्तान–बलुचिस्तान प्रान्तको चाबाहार शहरमा रहेको प्रहरी चौकीमा आत्मघाती बम बिस्फोट भएको छ । प्रहरी चौकीलार्इ लक्षित गर्दै गाडीमा राखिएको बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल रहेको उक्त क्षेत्रमा भएको आक्रमणमा तीन जनाको मृत्यु र १९ जना घाइते भएको जनाइएको छ । 

यी समूहबीच इरान–पाकिस्तान सीमामा बेलाबखत हिंसात्मक आक्रमण हुने गरेको छ ।

बिहिबार भएको बम आक्रमणको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।