Newslaya Home

सोनीको ‘साटुकी मेरो मन’ सार्वजनिक (भिडियोसहित)

बिहीबार २०, मङि्सर २०७५

काठमाडौं । सोनी राजभण्डारीको स्वर रहेको नयाँ गीत ‘साटुकी मेरो मन’ सार्वजनिक भएको छ ।

अविदको शब्द र संजीव बराईलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो बुधबार सार्वजनिक भएको हो ।

संचारकर्मी तथा निर्देशक शुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा मनिषा सापकोटाको नृत्य देख्न सकिन्छ ।

राज महर्जनको कोरियोग्राफी, रामकुमार केसीको छायाँकन रहेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।