Newslaya Home

​अमेरिकामा अज्ञात व्यक्तिद्वारा एक नेपालीमाथि गोली प्रहार

बिहीबार २०, मङि्सर २०७५

काठमाडौं । अमेरिकाको टेक्सस राज्यमा अज्ञात व्यक्तिको गोलीबाट एक नेपाली युवा गम्भीर घाइते भएका छन् ।

गोली लागि गम्भीर घाइते भएका धनगढीका बिनोद जेठोराको टेक्ससस्थित सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अमेरिकी समयअनुसार सोमबार बिहान टेक्ससको ब्रायनस्थित पेट्रोल पम्पमा उनीमाथि गोली प्रहार भएको हो । जेठारा सो पेट्रोल पम्पमा एक वर्षदेखि काम गर्दै आएका थिए ।

छातिमा गोली लागेका उनको अवस्था गम्भीर रहेको अमेरिकामा रहेका पत्रकार किशोर पन्थीले जानकारी दिए ।

टेक्सस प्रहरीले जेठारामाथि गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको बताएको छ । कालो कोट र रातो टोपी लगाएका अश्वेतले गोली प्रहार गरेको क्लोज सर्किट क्यामेरा फुटेजमा देखिएको छ । बिहान हतियारसहित आएको व्यक्तिले काउन्टरमा गएर नजिकैबाटै जेठारामाथि गोली प्रहार गरेको थियो ।

जेठाराका श्रीमती र तीन वर्षिया छोरी नेपालमै छन् । दुवै नेपालबाट अमेरिका जाने प्रक्रियामा छन् । अमेरिकामा रहेका नेपालीहरुले जेठाराका परिवारलाई सहयोगका लागि आर्थिक संकलन शुरु गरेका छन् ।